Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विप्रेषण आप्रवाह २ महिनामा १ खर्ब ५४ अर्ब भन्दा बढी

विप्रेषण आप्रवाह २ महिनामा १ खर्ब ५४ अर्ब भन्दा बढी

काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको २ महिनामा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय बैंकले सार्वजानीक गरेको साउन र भदौको तथ्यांक अनुसार २ महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । विगत केही महिना यता डलरको भाउ बढ्दा रेमिट्यान्स् आप्रवाह पनि बढेको हो । यसैगरि समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३४.१ प्रतिशतले वृद्धि भई १७५ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले बढेको थियो ।

तर सार्वजानिक तथ्याकको आधारमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.२ प्रतिशतले घटेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x