Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

माथिल्लो तामाकोसीको प्राथमिक सेयरमा अहिलेसम्मकै बढी आवेदन

माथिल्लो तामाकोसीको प्राथमिक सेयरमा अहिलेसम्मकै बढी आवेदन

काठमाडौं, २० कार्तिक । माथिल्लो तामाकोसीको प्राथमिक शेयरमा अहिलेसम्मकै धेरै आवेदन पर्ने देखिएको छ।
पछिल्लो तथ्याङ्कअनुसार तीन लाख २२ हजार ५ सय ५० आवेदकबाट ६ अर्ब २२ करोड ११ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ। बैंक तथा बित्तीय संस्थाले धेरै वटा आवेदन इन्ट्री गर्न बाँकी रहेको हुँदा तामाकोसीको शेयरमा अहिलेसम्मकै सबै भन्दा धेरै आवेदन पर्ने देखिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले बताएको छ ।

दिउँसो सिस्टमले काम नगर्दा बैंकहरुले इन्ट्री गर्न नपाएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ। माथिल्लो तामाकोसीको शेयरमा कर्मचारी सञ्चयकोष, ऋणदाता संस्थाका कर्मचारी, प्रभावित क्षेत्रका स्थानीय बासिन्दालार्इ हिसाब गर्ने हो भने ५ लाख भन्दा धेरै आवदेक देखिएका छन्। अझ सर्वसाधारण आवेदकलार्इ हिसाब गर्ने हो भने ८ लाख नाघ्ने देखिएको छ। यस भन्दा अगाडि जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरमा सबै भन्दा धेरै तीन लाख ४० हजार आवेदन परेको थियो।

कम्पनीले सर्वसाधारणका लागि एक अर्ब ५८ करोड रुपैयाँको आइपिओ निष्कासन गरेको थियो। जसमा सामूहिक लगानीकर्तालार्इ ५ प्रतिशत शेयर कटाएर सर्वसाधारणले एक अर्ब ५ करोड रुपैयाँको शेयर प्राप्त गर्ने छन् । यसका आधारमा १० कित्ताका दरले १५ लाख ९ हजार ७५ जनाले शेयर प्राप्त गर्न सक्छन्। तर, अन्तिम अपडेटको आधारमा भने सर्वसाधारणले अधिकतम ४६ कित्तासम्म प्राप्त गर्न सक्छन्। तर, बैंकहरुले अझै धेरै आवेदन इन्ट्री गर्न बाँकी रहेको हुँदा अधिकतम कित्ता घट्ने देखिन्छ।
कम्पनीले यस अगाडि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, प्रबद्र्धक कम्पनीका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी र प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर जारी गरिसकेको छ। दोहोर्याएर आवदेन पर्नसक्ने हुँदा यसको चेकजाँचका लागि केही समय लाग्न सक्ने नागरिक लगानी कोषका मर्चेन्ट विभाग प्रमुख रोशनजंग कार्कीले बताए ।
एउटै व्यक्तिको दुर्इवटा भन्दा धेरै डिम्याट अकाउन्ट हुन सक्ने र फरक फरक डिम्याट खाताबाट आवदेन दिँदा सिस्टमले हेर्न नसक्ने हुँदा नाम तथा तीन पुस्ते भिडाएर हेर्दा शेयर बाँडफाँडमा केही समय ढिला हुने उनले बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x