Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रोशनकुमार न्यौपाने एनआईसी एसिया बैंकको सीईओ नियुक्त

रोशनकुमार न्यौपाने एनआईसी एसिया बैंकको सीईओ नियुक्त

काठमाडौं, १७ मंसिर । एनआईसी एसिया बैंकको सञ्चालक समितिले आइतबार कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भए पश्चात न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गरेको, निक्षेप तथा कर्जा र वासलातको आकार बढाएको , शाखा तथा एटिएम संजाल लगायतका परिसुचकमा नेपालकै सबैभन्दा ठूलो बैंकको पहिचान बनाउन सफल भएको भन्दै उनलाई प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको सञ्चालक समितिले बताएको छ ।

न्यौपाने सम्भवतः वाणिज्य बैंकहरुका कान्छा सीईओ हुन् । आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपाने बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । न्यौपानेज्यू चार्टड एकाउण्टेण्ट हुन् । उनले नेपाल चार्टर्ड एकाउन्टेट संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेका हुन् ।

न्यौपानेलाई आइतबार नै सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि न्यौपानेले प्रचलित कानुन तथा राष्ट्र बैंकले नीति, नियममा रहेर उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरी देशको अर्थतन्त्रको विस्तारका लागि यथाशक्य भूमिका निर्वाह गर्ने बताएका छन् ।
एनआईसी एसियाका देशभर १४ लाख ग्राहक छन् । यसैगरी, जम्मा २६८ शाखा तथा २८१ एटीएमसहित देशकै सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x