Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अनलाइन टोकन प्रणालीले हटाउला श्रम स्वीकृतको सास्ती

अनलाइन टोकन प्रणालीले हटाउला श्रम स्वीकृतको सास्ती

काठमाडौं, १७ मंसिर ।  एक विहानै देखि कार्यालय परिसरभित्र गनिनसक्नु र थामिनसक्नु भिडभाड सेवाग्राहीको लामो लाइन, होहल्ला धकेला धकेल र सधैको अस्त ब्यस्त देखिन बैदेशिक रोजगार कार्यालय अब भने केही ब्यवस्थित हुने भएको छ । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरिएसँगै श्रम स्वीकृत लिन सेवा ग्राहीलाइ पर्ने गरेको सास्ती हटेर जाने बताइएको छ ।वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ ।

टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ । त्यसका लागि सेवाग्राहीले फाराम स्क्यानिङ गरेर आफ्नो युजर र आईडीबाट अनलाइन प्रणालीमा अपलोड गर्नुपर्नेछ ।

एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाउने वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । त्यसो त १ बर्ष अघि पनि सरकारले यस्तै प्रयास गरे पनि सफल भने हुन सकेको थिएनन् ।

नयाँ व्यवस्थाले सेवाग्राहीलाई सानो कामका लागि पनि दिनभर लामो लाइनमा बस्ने झन्झटबाट मुक्त गर्ने मात्र नभई बिचौलिया र कर्मचारीको मिलेमतोमा ठगीलगायत सबै समस्या निवारण हुने अनुमान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x