Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुनसरीमा आर्थिकआत्मनिर्भरताका लागि माछाजोन विस्तार 

सुनसरीमा आर्थिकआत्मनिर्भरताका लागि माछाजोन विस्तार 

सुनसरी,१७ मसिंर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सुनसरीमा माछापालक किसालाइ केन्द्रित गरी आर्थिक उन्नतीका लागि माछा जोन विस्तार परियोजना सुरु गरेको छ । योजना अन्तरगत माछा पाल्ने किसानलाइ समुह मार्फत आर्थिक सहयोग तथा प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

सुनसरीको महेन्द्रनगर, भरौल, पश्चिमकुशाहा, मधुवन, प्रकाशपुर क्षेत्रका माछापालक किसानहरुले माछा उत्पादनमा राम्रो काम गरेको भन्दै त्यसक्षेत्रलगायत जिल्लाका अन्य क्षेत्रमा समेत परियोजना अनुरुप माछापालनलाई किसानलाई कृषिमा आधुनिकीकरण र व्यवसायिकका रुपमा कृषिजन्य उद्योग स्थापना गरी कृषिमा आधारित अर्थतन्त्रका माध्यमबाट जिल्लालाई आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा जोन इकाई वरिष्ठ कृषि विकास अधिकृत राजकान्त झाले बताए ।

कृषि विकास मन्त्रालयले साना व्यवसायिक कृषि उत्पादन केन्द्र व्यवसायिक कृषि उत्पादन केन्द्र र व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र सुपरजोन परियोजनमा सुनसरीमा सचालित छन् ।सुनसरीको विभिन्न क्षेत्रहरुमा साढे सात सयदेखि आठ सय हेक्टरसम्म जलासाय क्षेत्र भएकाले माछा जोन कार्यक्रमले यस वर्ष ५० हेक्टर थप माछापोखरी बढाउने लक्ष्य राखेको कृषि विकास अधिकृत झाले बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x