Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि  छलफल

नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि  छलफल

काठमाडौं, १७ मंसिर ।  नेपाल र बंगलादेशबीच अन्तरदेशीय प्रशारण लाइन, विद्युत् व्यापार, ऊर्जामा बंगलादेशको लगानी, माथिल्लो कर्णालीको विद्युत् खरिद र नवीकरणीय ऊर्जामा सहकार्यबारे छलफल हुदै छ ।

छलफलका लागि दुइ देश बीच उर्जा क्षेत्रमा गरिने लगानी र ब्यापार विस्तार बारे सहसचिवस्तरको प्राविधिक कार्यगत समूह र सचिवस्तरीय संयुक्त कार्यकारिणी समितिको बैठक बस्दै छ ।

बैठकमा यसअघि ऊर्जामन्त्री वर्षमान पुनको बंगलादेश भ्रमण र ऊर्जाबारे समझदारीमा समेत नेपालले ११ सय १० मेगावाटको सुनकोशी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोशी तेस्रोमा लगानीको सम्वन्धमा समेत छलफल हुने बताइएको छ  ।

सचिवस्तरीय समितिको नेतृत्व नेपालबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र बंगलादेशतर्फका सचिव अहमद काइकाउसले गर्दैछन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x