ज्योति विकास बैंकले यो वर्ष १० वटा नयाँ शाखा खोल्ने
काठमाडौं, १७ मंसिर । ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिका वडा नं ८, कावासोती, स्थापित शाखाको कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरङ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयूक्त रुपमा उद्घाटन गरे ।
हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्व रुपैयाँ भन्दा बढि लगानी गर्न सफल भएको जनाइएको छ ।