Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कुमारी बैंकले १२.७५ प्रतिशत बोनस सेयर दिएर चुक्ता पूँजी ८ अर्व ७ करोड पुर्याउने

कुमारी बैंकले १२.७५ प्रतिशत बोनस सेयर दिएर चुक्ता पूँजी ८ अर्व ७ करोड पुर्याउने

काठमाडौं, १७ मंसिर । कुमारी बैंकले १२.७५ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम रहेको ७ अर्ब १६ करोड ३० लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजीबाट उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड ६३ लाख ४५ हजार रुपैयाँ पुग्नेछ । प्रस्तावित बोनस राष्ट्र बैंकको स्विकृती पश्चात आगामी वार्षिक साधारण सभामा पेश गरिने छ ।

यस्तै, कुमारीले ४ वटा संस्थालाई गाभेर एकीकृत कारोबार गरेको मिति २०७४ असार १६ गतेदेखि २ वर्षभित्र गाभिएको अवस्थामा कायम सेयरधनीलाई कर नलाग्ने भएकाले छुट्टै नगद लाभांशको व्यवस्था नगरिएको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x