आरम्भ माइक्रोफाइनान्सले ७० प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं, २ पुस । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले थप पूँजी जुटाउन हाल कायम ६ करोड रुपैयाँ चुक्ता पूँजीबाट उक्त हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
हकप्रद जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारणबाट पारित गरी अनुमतिका लागि धितोपत्र बोर्डमा पठाइने छ । धितोपत्र बोर्डले स्वीकृत दिएमा कम्पनीले ४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ । हकप्रदपछि चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ पुग्नेछ ।