एनएमबि बैंकको साधारण सभा पुस २६ मा, ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव

काठमाडौं, २ पुस । एनएमबि बैंकको २३ औं वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । बैंक संचालक समितिको हिजो बसेको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिदै छ । बैंकको सेयरधनी दर्ता पुस्तिका पुस १० गतेदेखि २६ गतेसम्म बन्द रहनेछ । पुस ९ गतेसम्म सेयर  खरिद गर्नेहरुले उक्त लाभांश पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *