Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चक्रपथमा मोनोरेल- नेपाल र चीन बीच डीपीआर सम्झौता

चक्रपथमा मोनोरेल- नेपाल र चीन बीच डीपीआर सम्झौता

काठमाडौं, ५ पुस । काठमाडौं उपत्यकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न काठमाडौं  र ललिपुर महानगरपालिका र  चीनियाँ कम्पनी बीच  सम्झौता भएको छ । चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)संग नेपालले कुनै आर्थीक दायित्व नवेहोर्ने गरी डीपीआर तयार पार्न सम्झौता भएको हो ।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका मेयर बिद्या सुन्दर शाक्य र चीनिया  समुन्द्रपार व्यापार व्यवस्थापन विभागका निर्देशक जु ग्वाङ् बिङले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो । कम्पनिले १ वर्षभित्र डीपीआर तयार गरिसक्ने सम्झौतामा उल्लेख छ ।

काठमाण्डौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले डीपीआर तयार भएपछि खुला प्रतिस्पर्धाबाट निर्माण, सञ्चालन तथा हस्तान्तरण (बुट) मोडलमा रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धा गरिने वताए । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मोनोरेल आफ्नो पनि चुनावी एजेण्डा रहेको भन्दै चिनिँया कम्पनीलाई छिटो काम अघि बढाउन आग्रह गरे ।

चीनिया कम्पनी समुन्द्रपार व्यापार व्यवस्थापन विभागका निर्देशक जु ग्वाङ् बिङले १ बर्ष भित्रै विस्तृत परियोजना प्रतिवेदन बुझाएर दोस्रो चरणको काम शुरु गरिने वताउनु बताए । यसअघि चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)ले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने देखाएको छ ।  चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा १७ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।डिपिआर तयार भएर सम्झौता भएपछि तीन वर्षभित्रै मोनोरेल सञ्चालनमा ल्याउने गरी निर्माण गर्ने र २५ वर्ष पछि हस्तान्तरण गर्ने गरी आफैले निर्माण गर्ने प्रस्ताव सीआरसीसीले गरिसकेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x