जनता बैंकको १४.४० प्रतिशत बोनस शेयर

काठमाडौं, १७ मंसिर । जनता बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई १४.४० प्रतिशत बोनस शेयर दिने भएको छ ।

मंसिर १५ गते वसेको बैंकको संचालक समितिको बैठकले आगामी वार्षिक साधारण सभामा शेयरधनीहरुलाई १४.४० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । बैंकले गरेको लाभांश वितरणको निर्णयलाई राष्ट्र बैंक समक्ष स्विकृतिको लागि पठाइएको छ । राष्ट्र बैंकको स्विकृति पछि बैंकले आगामी वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गर्नेछ ।

जनता बैंकले प्रस्ताव गरेको बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *