नागरिक लगानी कोषले २३.२२% लाभांश वितरण गर्ने
काठमाडौं, ६ पुस । नागरिक लगानी कोषले आफना सेयरधनीलाई २२ दशमलव शुन्य ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिसत प्रतिशत नगद लाभांस दिने भएको छ । सो प्रस्ताव कोषको शुक्रबार सम्पन्न २३ औ वार्षिक साधारण सभाले पारित गरेको हो । कोषको आब २०७३÷७४ को नाफाबाट उक्त बोनस सेयर दिन लागेको हो । आब २०७२÷७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैया रहेकोमा आब २०७३÷७४ मा २९ करोड २४ लाख रुपैया पुगेको छ । चालु आबको असोज मसान्त सम्ममा कोषको फण्ड १ खर्ब ११ अर्ब ५८ करोड रुपैया पुगेको छ । सो अवधिमा कोषले १ खर्ब १० अर्ब ८९ करोड रुपैया लगानी गरेको छ ।
साधारण सभाको अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले आ.ब २०७३÷७४ को वार्षिक प्रतिबेदन सार्बजनिक गर्दे कोषको बचत परिचालन, लगानी व्यस्थापन, पुँजी बजार सेवा, संकटग्रस्त बैक तथा बित्तिय संस्थामा रहेको असुली लगायतका बिषयमा भैरहेको प्रगतिको बारेमा धारणा राखे । डा.भट्टराईले आगामी दिनमा सातै प्रदेशमा शाखा विस्तार गर्ने बताउँदै कोषलाई समय सापेक्ष रुपमा अघि बढाउन लगानी नीतिमा परिमार्जन गरेको जानकारी पनि सो अवसरमा राखे । कोषको सेयर चुक्ता पुँजी ९० करोड रुपैया कम भएको भन्ने गुनासोमा उनले कोष ऐनमा परिवर्तन गरी पुँजी बढाउने बताए ।
सेयरधनीले सोधेका प्रश्नको उत्तर दिदै कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष ऐनले निर्दिस्ट गरेको काम, कारबाही र अधिकारको उचित प्रयोगबाट संस्थालाई अगाडी बढाउदै सेयरधनीलाई अधिकतम प्रतिफल तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे । उनले आर्थिक बर्ष २०७४÷७५ को साधारण सभा चालु आबको चैत मसान्त भित्र गर्ने तथा ०७५÷७६ को साधारण सभा नियमले निर्दिस्ट गरेको समयमै गर्ने बताए । भवन निर्माणको काम अघि बढिसकेको, कोषले आगामी बैसाख देखी स्टक डिलरको काम गर्ने धारण पनि उनले सो अवसरमा राखे । सभामा कोष संचालक समितिका सदस्य डा.रामशरण खरेलले अहिलेको व्यवस्थापन समुहले बिगतको कमीकमजोरीको जिम्मेवारी लिएर काम गरीरहेको बताए । उनले आब २०७४÷७५ को प्रतिवेदनले अहिले सेयरधनीले उठाएका सबै गुनासाहरुको सम्मबोधन गर्नेमा जोड दिए ।