Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआइसी एशियाका ग्राहकले फेसबुक मार्फत समस्याको समाधान गर्न सक्ने

एनआइसी एशियाका ग्राहकले फेसबुक मार्फत समस्याको समाधान गर्न सक्ने

काठमाडौं, १२ पुस । एनआईसी एशिया बैंक लिमिटेडले “बैंक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि” मुलनारा सहित ग्राहकहरुको थप सुविधामा उपभोग गर्ने अभिप्रायले बैंकको सामाजिक संञ्जाल फेसबुक अन्र्तगत “साथी” नामक च्याटबोट संञ्चालनमा ल्याएको छ ।

उक्त “साथी” च्याटबोट मार्फत बैंकका ग्राहकहरूले आफ्नो चाहना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन् । सो को माध्यमबाट डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास लिइएको छ ।

बैंकले हाल सम्म मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x