Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेको इन्स्योरेन्स २२ औं वर्षमा

नेको इन्स्योरेन्स २२ औं वर्षमा

काठमाडौं, १२ पुस । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको २१ औं बर्ष पुरा गरि २२ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम बीच वार्षिक समारोह मनाएको हो ।
कम्पनीले आफ्नो वार्षिक उत्सव समारोहको अवसरमा कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको छ । कम्पनीले बार्षिकउत्सव कार्यक्रममा चार विधामा कर्मचारी तथा शाखा कार्यालयलाई अवार्ड प्रदान गरेको हो ।

उक्त अवार्डमा बेस्ट म्यानेजर अवार्ड कालिमाटि शाखाका शाखा प्रमुख कृष्ण बर्ताैला लाई दिइएको छ । यसैगरी कम्पनीले बेस्ट शाखा अवार्ड नयाँ बानेश्वर शाखा, बेस्ट माकेर्टिङ्ग अवार्ड नारायणघाट शाखाका बजार व्यवस्थापक कृष्ण रिजाल र बेस्ट रिजनल अर्वाड बुटवल कार्यलयका रमेश बहादुर थापा लाई प्रदान गरेको थियो ।

वार्षिकोत्सव कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनी सञ्चालक अध्यक्ष, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगाएत कम्पनीमा कार्यरत कर्मचारीहरुको उपस्थित रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x