Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

इनर्जी बैंकिङमा नेपाल र भारत बीच सहमति

इनर्जी बैंकिङमा नेपाल र भारत बीच सहमति

काठमाडौं १३ पुस । नेपाल र भारत इनर्जी बैकिङ्ग स्थपना गर्न सहमत भएका छन् ।यस सहमति सँगै अब प्राधिकरण खेर जाने बिजुलीको तनावबाट मुक्त भएको छ । नेपालमा बर्खायाममा खेर जाने बिजुली भारतले लिनेछ । नेपालमा उत्पादन कम भएर लोडसेडिङ गर्नुपरेका बेला उसले दिनेछ ।

नयाँ दिल्लीमा भएको बैठकमा नेपालले एक दशकभन्दा अघिदेखि माग गर्र्र्दै आएको ऊर्जा बैकिङ् स्थपना गर्न भारत सहमत भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

आगामी माघ ९ र १० गते पोखरामा हुने नेपाल भारत जलस्रोत सचिवस्तरीय बैठकले नयाँ दिल्लीमा भएको सहमतिलाई अनुमोदन गर्ने प्रधिकरण प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।  

 सचिवस्तरीय बैठकले अनुमोदन गरेपछि निर्माण सम्पन्न भई चालू रहेको ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट इनर्जी बैंकिङ आरम्भ हुने यी दुई सीमापार अन्तर्देशीय प्रसारण लाइनबाहेक दुई देशबीच निर्माणका लागि प्रस्तावित सबै खण्डमा लागू हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x