Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

सेञ्चुरी बैंकद्वारा दुई विद्यालयलाई सहयोग

सेञ्चुरी बैंकद्वारा दुई विद्यालयलाई सहयोग

काठमाडौं, १३ पुस । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । बैंकले भक्तपुरको बाल विनायक आधारभूत विद्यालय, सूर्यविनायक नगरपालिका २ लाई १ थान कम्प्युटर हस्तान्तरण गरेको हो । सो कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरे ।
यसका साथै बैंकले सूर्यविनायक नगारपालिका ४ को श्री बाल चेतन आधारभूत विद्यालय ३५ थान स्कुल ब्याग हस्तान्तरण गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यलयहरुबाट शिक्षा क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै आएको जनाइएको छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x