Shangrila

निर्यात प्रोत्साहन रकम बृद्धि र बैंकको तरलता अभावबारे सरकारी निर्णयको परिसंघद्वारा स्वागत

काठमाडौं, १३ पुस । सरकारले निर्यात प्रोत्साहनका लागि दिइने नगद अनुदानमा वृद्धि, बैँक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समाधान गर्न नेपाल राष्ट्र बैँकले लिएको कदमका साथै नेपालमा उत्पादित विजुली भारत र भारत भएर तेस्रो देशमा निर्यात गर्न सक्ने प्रावधानलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।

सरकारको उक्त व्यवस्थाले मुलुकको आर्थिक, उद्योग एवं व्यवसायको प्रवद्र्धनमा राहत मिल्ने परिसंघले जनाएको छ । यस अघि निर्यातमा १ देखि २ प्रतिशत सम्म नगद अनुदान दिने प्रावधान रहेकोमा त्यसलाई बृद्धिगरि ३ देखि ५ प्रतिशत सम्म पु¥याइएको छ । यसले नेपाली उत्पादन निर्यातमा थप हौसला प्रदान हुने विस्वास परिसंघले लिएको छ । त्यस्तै व्याजदर बृद्धि लगायतका विषयमा सरकारद्वारा गठित समितिले लिएको सुझाव कार्यान्वयले पनि औद्योगिक वातावरण निर्माणमा मदत पुग्ने विश्वास परिसंघको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *