गतसाता सेयर बजार परिसुचकसँगै कारोबारमा पनि बृद्धि

काठमाडौं, १४ पुस । गतसाताको पहिलो दिन र अन्तिम दिनको तुलनामा सेयर बजार १६.९८ अंकले बढेकोे छ । साताको अन्तिम दिन परिसूचक १ हजार २ सय १५.१६ विन्दुमा पुगेर बन्द भएको थियो । सातामा भएको पाँच दिनको सेयर कारोबारमा दुई दिन परिसूचक बढेको थियो भने तीन दिन घटेको थियो ।
साताको शुरुको दिन ३२.२४ अंकले बजार बढेको थियो भने दोस्रो दिन ६.४५ अंकले घटेको थियो । तेस्रो दिन ५.७१ अंकले घटेको बजार चौथो दिन ३०.२६ अंकले बढेर बन्द भएको थियो । पाँचौ दिन भने पुन १.०८ अंकले बजार घटेको थियो । ।
गत हप्ताको तुलनामा यो हप्ता बजार परिसूचकसँगै कारोबार रकम ७७ दशमलव १६ प्रतिशतले बढेको छ । कारोबार रकम १ अर्ब ७० करोड रुपैयाँ बढेको हो ।