आयल निगमको कार्यकारी निर्देशकका लागि पाँच जनाको नाम छनोट

काठमाडौं, १४ पुस । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि पाँच जना
छनोटमा परेका छन् । निगमको कार्यकारी निर्देशका लागि आवेदन दिएका उम्मेदवारमध्ये शैक्षिक योग्यता, कार्यानुभव, व्यावसायिक कार्यायोजना र मामला अध्ययनसमेतको आधारमा उच्चतम अङ्क प्राप्त गर्ने पाँच जनालाई प्रारम्भिक रुपमा छनोट गरिएको हो ।
छनोट हुनेमा अनिलकुमार झा, रामप्रसाद धिताल,तारानाथ पौडेल, सुरेन्द्रकुमार पौडेल र लोकबहादुर खड्का रहेका छन् । पाँच जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजना र मामिला अध्ययनको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका आधारमा छनोट गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
छनोट भएका उम्मेदवारबाट यही पुस १९ गते मन्त्रालयमा व्यावसायिक कार्ययोजना र मामला अध्ययनको प्रस्तुतीकरण लिइनेछ । त्यसपश्चात तीन जनाको नाम मन्त्रीपरिषद्मा पेश गरिने छ।