Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पर्यटक आगमन बढेपनि खाली भए प्रायः तारे होटल, व्यवसायीमा विस्थापित हुने पिरलो

पर्यटक आगमन बढेपनि खाली भए प्रायः तारे होटल, व्यवसायीमा विस्थापित हुने पिरलो

काठमाडौं, १८ मंसिर । भूकम्प र भारतीय नाकाबन्दीका कारण केही खस्किएको नेपालको पर्यटक आगमन यस वर्ष देखि नयाँ गतिमा अघि बढ्ने अपेक्षा पर्यटन व्यवसायीहरुले गरेका छन् । सन् २०१७ को दश महिनाको अवधीमा सात लाख भन्दा बढी पर्यटकले नेपालको भ्रमण गरेसँगै यस वर्षदेखि पर्यटक आगमन बढ्ने अपेक्षा व्यवसायीहरुले गरेका हुन ।

सन् २०१४ मा पर्यटक आगमन संख्या झन्डै आठ लाख थियो । तर भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा त्यो संख्या घटेर पाँच लाख ४० हजारमा झरेको थियो । त्यस्तै सन् २०१६ लाई साढे सात लाख पर्यटकले नेपालको भ्रमण गरेका थिए । यो दश महिनाको अवधीको पर्यकट आगमन संख्या गत वर्षको सोही अवधीको भन्दा एक लाख ५३ हजारले बढी हो । यही तथ्यांकको आधारमा यस वर्ष पर्यटक आगमन संख्या १० लाख नाघ्ने होटल संघ नेपाल (हान) का महासचिव बिनायक शाहले बताए ।

विगतका वर्षहरुको तुलनामा यस वर्ष पर्यटक आगमन बढेपनि होटलहरु भने भरिएका छैनन । हानका अनुसार हाल कायम रहेको होटलहरुले वार्षिक १५ देखि १६ लाख पर्यटकलाई सेवा दिन सक्छन् । तर नेपालमा अहिले सम्म त्यो संख्यामा पर्यटक आएका छैनन । यस वर्षको पर्यटकीय सिजनामा पनि कुल क्षमताको ७० प्रतिशत मात्र भरिएका छन् ।

अर्कोतर्फ पछिल्लो समय नेपालमा धमाधम अन्तर्राष्ट्रिय चेन होटलहरु थपिरहेका छन् भने स्वदेशी होटलहरुले पनि आफ्नो क्षमता विस्तार गर्दै लगेका छन् । तर पर्यटक आगामन भने १० लाख भन्दा माथि नउक्लिदा भविष्यमा होटलहरु विस्थापित हुने हो की भन्ने आशंका बढेको शाहले बताए । पर्यटक आगमन कम हुने तर होटलहरुको संख्या मात्रै बढ्ने हो भने नयाँ होटलहरु भरिएलान तर पूराना होटलहरु विस्थापित हुदै जान्छन् उनले भने ।

नेपालको पर्यटक आगमन नबढ्नको प्रमुख पूर्वाधार नै भएको भन्दै उनले पूर्वाधार निर्माणमा सरकार जिम्मेवार बन्नुपर्ने सुझाव दिए । ‘प्रबल पर्यटकीय सम्भावना भएर पनि आवश्यक पूर्वाधारको अभावमा पर्यटक आगमन बढ्न सकेको छैन महासचिव शाहले भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती, थप नयाँ विमानस्थलहरुको निर्माण, सडक संजाल विस्तार लगायतका कुरामा जोड दिने शो भने पर्यटक आगमन कम भयो भनेर हामीले कहिल्यै चिन्ता गर्नुपर्दैन् । ’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x