दार्चुलामा एनआइसी एशियाको २ वटा शाखारहित बैंकिङ सेवा
काठमाडौं, १९ पुस । एनआईसी एशिया बैंकले युकेएड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमसँगको सहकार्यमा दार्चुला जिल्लाको महाकाली नगरपालिका, वडा नं ७ धाप र महाकाली नगरपालिका वडा नं९ दत्तुमा २१ औं र २२ औं शाखारहित बैंकिङ्ग सेवा संचालन सुरु गरेको छ ।
बैंकले महाकाली नगरपालिका, वडा नं ७ धापमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्नाले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा शेर सिंह रैखालाई नियुक्त गरेको छ । त्यस्तै महाकाली नगरपालिका,वडा नं ९ दत्तुमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको भने उद्घाटन महाकाली नगरपालिका, वडा नं ९ का वडा अध्यक्ष हर सिंह डाँगाले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा कृष्ण सिंह चौैसिरलाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने लगायतका सेवा पाउने छन् ।