Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

ग्लोबल आइएमईको १२ वर्षे यात्रा , यस्ता छन् सफलताको कथा जनक शर्माको अन्तर्वार्ता

ग्लोबल आइएमईको १२ वर्षे यात्रा , यस्ता छन् सफलताको कथा जनक शर्माको अन्तर्वार्ता

जनक शर्मा (पौडेल) ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । लण्डन स्कूल अफ कमर्सबाट एमबीए अध्ययन गरेका शर्माले स्वदेश र विदेशका ख्यातिप्राप्त बैंकहरुमा संलग्न हुँदै बैंकिङ्ग क्षेत्रको लामो अनुभव सँगालेका छन् । करिब ३१ वर्ष अगाडी नबिल बैंकबाट बैंकिङ्ग क्षेत्रमा आबद्ध हुँदै आफ्नो करियर सुरू गरेका शर्मा एनआइसी बैंक, लक्ष्मी बैंक हुँदै  तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकबाट काम सुरु गरेका हुन् । ग्लोबल बैंककोे सहायक महाप्रबन्धकबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा कामु प्रमुख कार्यकारी अधिकृत हुदै हाल ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा उनले २०७४ मंसिर १३ गतेबाट जिम्मेवारी सम्हालेका हुन् । ग्लोबल आईएमई बैंकले स्थापनाको १२ औं बर्ष पुरा गरि १३ औंं बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा अर्थको अर्थले उनीसँग गरेको संक्षिप्त कुराकानी :

ग्लोबल आइएमई बैंक स्थापनाको १३ बर्षमा पुगेको छ । यहाँ सम्म आईपुग्दा बैंकको सफलताबाट सन्तुष्ट हुनुहुन्छ ?
१२ बर्षको यात्रामा ग्लोबल आईएमई बैंकले नेपालको बैंकिङ्ग परिदृश्यमा धेरे ठुलो योग्दान दिएको मैले महसुश गरेको छु । किन भने यो यात्रामा बैंकले जति पनि प्रोडक्ट, सेवा सुविधाहरु ल्यायो त्यो बैंकिङ्ग बजारमा थिएनन् । बैंकले साना व्यवसायी कर्जा र उनीहरुको बीमा देखि लिएर कृषि कर्जा, इन्टरनेट र मोबाईलको प्रोडक्टमा ग्लोबल आईएमई बैंक जहिले पनि अगाडि नै रहेको छ । आजको दिनको विजनेश भनेको टेक्नोलोजिमा आधारित छ । भविष्यमा कस्तो तरिकाले विजनेश गर्ने भन्ने कुरालाई टेक्नोलोजिमा नै भर पर्छ । त्यसलाई हामीले बुझेर छिटो छरितो सेवाग्राहीलाई सेवासुविधा दिनु पर्छ ।

अहिले मोवाईल एप्पको माध्यमबाटै नै मानिसहरुले सबै कारोबार गर्न सक्ने भइसकेको छ । वित्तिय क्षेत्रमा पनि धेरै प्रविधिहरु भित्रिसकेका छन् । ती प्रविधिहरु भित्र्याउन ग्लोबल आईएमई बैंक अगाडी नै रहेको छ । हामीले एकडेढ महिना अगाडी मात्रै क्युआर कोड पेमेन्ट सिस्टम पनि संचालनमा ल्याएका छौं । जुन नेपालको लागि एकदमै नयाँ प्रोडक्ट हो । १÷२ बर्ष पछाडि गएर यो अत्यावश्यक पनि हुन सक्छ । यसकारण पनि समष्टिगत रुपमा भन्नु पर्दा ग्लोबल आइएमईले १२ बर्षको यात्रा पुरा गरेको छ । धेरै नै राम्रो लाग्छ मलाई बैंक सफल भएको ठानेछु मैले, अनि संन्तुष्टि पनि छु ।

१२ बर्षको यात्रामा ग्लोबल आईएमई बैंकले नेपालको बैंकिङ्ग परिदृश्यमा धेरे ठुलो योग्दान दिएको मैले महसुश गरेको छु । किन भने यो यात्रामा बैंकले जति पनि प्रोडक्ट, सेवा सुविधाहरु ल्यायो त्यो बैंकिङ्ग बजारमा थिएनन् । बैंकले साना व्यवसायी कर्जा र उनीहरुको बीमा देखि लिएर कृषि कर्जा, इन्टरनेट र मोबाईलको प्रोडक्टमा ग्लोबल आईएमई बैंक जहिले पनि अगाडि नै रहेको छ । आजको दिनको विजनेश भनेको टेक्नोलोजिमा आधारित छ । भविष्यमा कस्तो तरिकाले विजनेश गर्ने भन्ने कुरालाई टेक्नोलोजिमा नै भर पर्छ । त्यसलाई हामीले बुझेर छिटो छरितो सेवाग्राहीलाई सेवासुविधा दिनु पर्छ ।

अहिले मोवाईल एप्पको माध्यमबाटै नै मानिसहरुले सबै कारोबार गर्न सक्ने भइसकेको छ । वित्तिय क्षेत्रमा पनि धेरै प्रविधिहरु भित्रिसकेका छन् । ती प्रविधिहरु भित्र्याउन ग्लोबल आईएमई बैंक अगाडी नै रहेको छ । हामीले एकडेढ महिना अगाडी मात्रै क्युआर कोड पेमेन्ट सिस्टम पनि संचालनमा ल्याएका छौं । जुन नेपालको लागि एकदमै नयाँ प्रोडक्ट हो । १÷२ बर्ष पछाडि गएर यो अत्यावश्यक पनि हुन सक्छ । यसकारण पनि समष्टिगत रुपमा भन्नु पर्दा ग्लोबल आइएमईले १२ बर्षको यात्रा पुरा गरेको छ । धेरै नै राम्रो लाग्छ मलाई बैंक सफल भएको ठानेछु मैले, अनि संन्तुष्टि पनि छु ।

बैंकको वित्तिय पहुँचको अवस्था कस्तो छ अहिले ?
ग्लोबल आइएमई नेपालको १९ औं बाणिज्य बैंकको रुपमा स्थापना भएता पनि उत्कृष्ट ५ बैंकमा पर्न सक्षम भएको छ । बैंकिङ्ग क्षेत्रमा जुन किसिमले बैंकले अग्रणी स्थान बनाउन सफल भएको छ । त्यही हिसाबले नै आफ्नो ग्राहक बनाउन देखि शाखा संजाल बिस्तार गर्न सफल भएको छ । बैंकको ३ सय भन्दा बढी संजाल त नेपाल भित्र नै छन भने देश बाहिर पनि अष्ट्रेलिया, लण्डन र दिल्लीमा प्रतिनिधि र सम्पर्क कार्यालयहरु संचालन गरि सेवा दिदै आएका छौं । त्यसैले यो यात्रा अत्याधिक उत्साहपद छ । र, ३ करोड नेपालीको साझा बैंक र सबैको बैंक भन्ने मुल नारा सहित जसरी बैंक स्थापना भएको थियो ।

सबै क्षेत्रको सहयोग, शुभेक्षा र साथले यो सम्भाब भएको हो । आगामी दिनहरु अझै चुनौतिपुर्ण छन् । अझै फड्को मार्नु पर्ने छ । आधुनिक प्रविधिहरुको जमान आएको छ । त्यसले गर्दा पनि बैंक एड्भान्स हुन आवश्यक छ । जसका लागि हामी गृहकार्य गदैछौं । आशा छ यो बैंक अझै राम्रो भएर अगाडि बढ्ने छ ।

अहिले समग्र बैंकिङ्ग क्षेत्रले तरलताको समस्या झेलिरहेको छ । यो अवस्थामा बैंकिङ र सरकारी क्षेत्रले के गर्नुपर्ला ?
बिगतका केही बर्ष देखि नेपालको बैकिङ्ग क्षेत्र क्रस रोडमा नै भएको मैले महशुस गरेको छु । क्रसरोड भन्नाले गोरेटेको नै अवस्थामा हुनु । तपाईले भन्नु भएको जस्तै नेपालको वित्तिय क्षेत्रले क्रेडिट क्रन्चको समस्या झेलिनै रहेको छ । यस पटक पनि राष्ट्र बैंक, नेपाल सरकारले केही नियमहरु ल्याएर केहिहद सम्म खुकुलो ग¥यो त्यो धेरै सराहनिय छ । जस्तो सरकारको विभिन्न निकायहरुमा जाने पैसाहरु बैंकमा जम्मा गर्ने र समिति बनेको छ त्यो पनि धेरै राम्रो कुरा हो । समितिले ल्याएको २८ बुँदे प्रतिवेदनले पनि धेरै कुराहरु समेटेको छ । जसले वित्तिय क्षेत्रलाई राम्रो मार्गमा डोर्याउन मदत गर्छ । तर पनि हाम्रो समस्या समाधान भयो त भनेर हेर्ने हो भने हाम्रो बैंकिङ्ग क्षेत्रले झेलिरहेको समस्या समाधान भएको जस्तो मलाई लाग्दैन ।

अब के गर्न आवश्यक छ भने हामीले कसरी निक्षेप बढाउने भन्ने तर्फ मूख्य रुपमा ध्यान जानु जरुरी छ । त्यसका लागि आन्तरिक उत्पादन, कृषिको अत्याधिक प्रयोग र जिडिपीमा योग्दान दिन सक्ने उत्पादनशील क्षेत्रमा बैंकहरुले लगानी गरिरहेका छन् । र अझै लगानी बढाउन आवश्यक छ । राज्यले पनि त्यसमा ध्यान दिन आवश्यक छ । राज्यले निर्यात र उत्पादनमुखि व्यवसायहरुलाई प्रोत्साहन गर्न सुविधाहरु दिनु पर्छ । जसको कारण प्रर्याप्त मात्रामा आन्तरिक उत्पादनहरु वृद्धि भई निर्यात बढ्छ । त्यसले जिडिपीमा योग्दान बढ्छ । यो सबै चिजले पुँजी बढेर निक्षेप संकलन बढी हुन्छ । अर्थतन्त्र चलायमान हुँदा पुँजी परिचालन भए बजेटको आकार पनि बढ्छ । अनि बैंकमा निक्षेप त स्वत बढ्ने भइहाल्यो ।

अहिले रेमिट्यान्सले धानेको अर्थतन्त्र अवस्था हो । त्यो पनि घटेर एउटा अप्ठेरो अवस्थामा पुगि सकेको थियो । अहिले ३० प्रतिशतको हाराहारिमा मात्र अन्तर्राष्ट्रिय रेमिट्यान्स भित्रिरहेको छ । यसलाई राम्रो नै मान्न सकिन्छ । तर चिरकाल सम्मका लागि नेपालीहरु बाहिर गएर रेमिट्यान्स पठाएर नै अर्थतन्त्र धान्छन् भनेर चाहि लिनु हुदैन ।

नेपालीहरुलाई स्वदेशमा नै पुर्वाधारहरुको विकास गरि रोजगारी सृजना गर्नुपर्छ । उद्यमी हुने वातावरण सृजना गरिदिनु पर्छ । त्यो भयो भने हामीलाई अन्तर्राष्ट्रिय रेमिट्यान्सको पनि आवश्यकता पर्दैन । यहीबाट नै उत्पादन वृद्धि गरि निर्यात बढाउन सक्छौ ।

पछिल्लो समय बैंकिङ्ग क्षेत्र र अन्य क्षेत्रको बोनस, लाभांश वितरणमा रोक लगाउने कुरा आइरहेको छ। तपाईले यसलाई कुन रुपमा लिनु भएको छ ?
अर्थतन्त्रमा सबै भन्दा राम्रो र बलियो रोजगारीका लागि आर्कषणको केन्द्र बैंकिङ्ग क्षेत्र थियो र आज सम्म त्यो रहेको छ । बैंकिङ्ग क्षेत्रमा पारिश्रमको हिसाबले पनि राम्रो मानिन्छ र बैंकहरुले राम्रो गर्दा बोनसहरु र अन्य सेवा सुविधाहरु जुन किसिमले दिएको थियो । त्यो अन्तर्राष्ट्रिय किसिमले हेर्दा प्रतिस्पर्धात्मक पनि थियो । यो क्षेत्र राम्रो भए जस्तै बाँकी सबै क्षेत्र पनि राम्रो भएत नेपालीहरुको जीवन स्तर सुधार हुदै जान्छ । तर यो क्षेत्रमा यस्तो भयो यो क्षेत्र अरु क्षेत्र जस्तै हुनु पर्छ भन्ने तिर लागियो भने त उल्टो दिशा तर्फ गएको हो जस्तो मलाई लाग्छ ।

कुनै पनि क्षेत्रमा भइरहेको सुविधाहरु कटौति हुने हो भने त्यसमा आर्कषण रहन्दैन । बौद्धिक, उत्पादनशील दक्षजनशक्तिहरु निरुत्साहित हुन्छन् र यो क्षेत्र पनि धरासायी हुनबेर छैन । त्यस कारण हामीले यो क्षेत्रलाई अझै बलियो र आकषर्ण बनाएर लैजानु पर्छ । जसले गर्दा अन्य क्षेत्रलाई पनि वित्तिय क्षेत्रमा जस्तो कर्मचारी हुन प्रेरणा मिलोस् ।

अन्तमा नियामक निकाय नेपाल राष्ट्र बैंकको नीति नियमको बारेमा तपाईको प्रतिक्रिया के छ ?
केन्द्रिय बैंक नेपालको बैंकिङ्ग क्षेत्रको नियामक निकाय भएको हिसाबले मैले बिगत लामो समय देखि यसका कार्यहरुलाई नियाली रहेको छु । मेरो हेराईमा राष्ट्र बैंकको नियमन राम्रो छ । केही पक्षहरुमा नियमन प्रयाप्त छैन तर पनि राष्ट्र बैंक लचिलो भएर बैंकिङ्ग क्षेत्र सपोर्ट गर्न र यो क्षेत्रको विकासका लागि नयाँ नीतिहरु ल्याउने गरेको छ । बैंकिङ्ग क्षेत्रका लागि राष्ट्र बैंक सकारात्मक भएको मैले पाएको छु ।

जस्तो कि यही क्रेडिट क्रन्चको सिलसिलामा कसरी बैंकिङ्ग क्षेत्रलाई सहयोग गर्ने भन्नेमा समिति बन्यो । कति नयाँ नीति बनिएका छन् र लागु पनि भए । आगामी दिनमा अझै राम्रा कुराहरु आउलान । यो क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड नै हो । यसलाई मजबुत, बलियो र सुदृढ कसरी बनाउने भन्ने कुरामा यही किसिमले अगाडी बढ्दा मलाई लाग्छ राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रलाई स्वच्छ, पारदर्शी, उच्च दाभदायक र आर्थिक समाजको आकषर्णको केन्द्र बनाएर अगाडी लैजान्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x