Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बुद्धिष्ट इन्टरनेशनल ट्राभलमार्टको तयारी पुरा

बुद्धिष्ट इन्टरनेशनल ट्राभलमार्टको तयारी पुरा

काठमाडौं, २५ पुस । बिहिबार (भोली) देखि शनिवार सम्म भैरहवामा हुने बुद्धिष्ट इन्टरनेशनल ट्राभलमार्ट २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा नेपालको पर्यटन प्रवद्र्धनका लागि बौद्ध पर्यटकीय स्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताबीच सेवा तथा व्यापार विनिमयको अवसर सृजना गर्ने उद्धेश्यले पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाको सहआयोजनामा सो ट्राभलमार्ट हुन लागेको हो ।

ट्राभलमार्टको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । मार्टमा १७ देशका ५० वटा स्टल रहने छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य साथ मनाउन लागिएको भ्रमण वर्ष २०२० नजिकिरहेका बेला सो बुद्धिष्ट इन्टरनेशनल ट्राभलमार्टले २० लाख पर्यटक भित्र्याउन ठूलो सहयोग पुग्ने आयोजकहरुको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x