Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सेयर बजारमा २.२९ अंकको बृद्धि, ३४ करोड बढीको कारोबार

सेयर बजारमा २.२९ अंकको बृद्धि, ३४ करोड बढीको कारोबार

काठमाडौं, २५ पुस । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा झिनो अंकले सुधार आएको छ । उत्तार चढावका बीच नेप्से परिसुचक २.२९ अंकले बढेर १,१७९.३६ विन्दुमा कारोबार बन्द भएको छ ।

बुधबार कारोबार भएका कुल १ सय ६६ कम्पनीको १५,१३,९१२ कित्ता सेयर खरिद बिक्री हुँदा ३४ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । बुधबार बजार सकारात्मक नै रहे पनि कारोबार भने अघिल्लो दिनको तुलनामा बढ्न सकेन । मंगलबार कुल सेयर कारोबार रकम ३४ करोड २७ लाख रुपैयाँ भन्दा बढी रहेको थियो ।

बुधबार छिमेक लघुवित्त वित्तिय संस्थाको प्रमोटर सेयरको सबै भन्दा धेरै सेयर कारोबार भएको छ । संस्थाको ५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । यस्तै सबै भन्दा बढी कमाउनेमा भार्गव विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ५.९७ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी गुमाउनेमा हाथ्वे फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ३.२ प्रतिशतले घटेको छ ।

यसैगरि नेप्सेमा सुचिकृत १० वटा समुहरुमा ८ वटा समुहको परिसुचक बढेको छ भने बाँकी २ वटा समुहको परिसुचक घटेको छ । परिसुचक घट्नेमा फाइनान्स समुह र अन्य समुह रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x