Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

साताको अन्तिम दिन नेप्सेमा ०.२० को गिरावट, ३१ करोडको कारोबार

साताको अन्तिम दिन नेप्सेमा ०.२० को गिरावट, ३१ करोडको कारोबार

काठमाडौं, १० माघ । साताको अन्तिम कारोबार दिन बिहिबार (आज) नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सामान्य अंकले घटेको छ । उत्तार चढावका बीच नेप्से ०.२० अंकले घटेर ११७२.७८ अंकमा बन्द भएको छ।

नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये ५ वटा समुहको परिसुचक बढेको छन् भने ५ वटा समुहको परिसुचक घटेको छ । परिसुचक बढेका समुहमा होटल समुह, विकास बैंक समुह, निर्जीवन बीमा समुह, उत्पादन तथा प्रशोधन समुह र अन्य समुह रहेका छन् भने घट्नेमा बैंकिङ्ग समुह, जलविद्युत समुह, फाईनान्स समुह, माइक्रो फाईनान्स समुह र जीवनबीमा समुह रहेका छन् ।

कुल १ सय ६२ कम्पनीको ३१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । त्यसमा सिटिजन्स इन्भेष्ट ट्रष्टको सबैभन्दा धेरै सेयर किनबेच भएको छ। त्यस्तै दोस्रोमा अपर तामाकोशी हाइड्रो पावर कम्पनी रहेको छ । सो दिन सबैभन्दा धेरै कनकाई विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने गुमाउनेमा जनता बैंकको प्रमोटर सेयरलगानीकर्ता रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x