Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल भ्रमण वर्ष असफल बनाउन पदयात्रा र पर्वतारोहणबारे अनावश्यक प्रचार गरियोको टानको दाबी

नेपाल भ्रमण वर्ष असफल बनाउन पदयात्रा र पर्वतारोहणबारे अनावश्यक प्रचार गरियोको टानको दाबी

काठमाडौं, २१ माघ । पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पदयात्रा तथा पर्वतारोहण क्षेत्रमा भएका उद्धारसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

टानका अध्यक्ष नवराज दाहालले सोमवार विज्ञप्ति जारी गरी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको कार्यक्रमलाई नै प्रभावित तुल्याउने गरी अनर्गल प्रचारबाजीले समग्र पर्यटन क्षेत्रलाई असर पुग्ने उल्लेख छ । सम्पूर्ण राष्ट्रिय सञ्चार माध्यमलाई देशको पर्यटनको हितमा समाचार सम्प्रेषण गर्न पनि उनले आग्रह गरेका छन् ।

‘विगतमा सरकारबाट यस सम्बन्धमा सबै प्रकारको निक्यौल भइसकेको अवस्थामा देशको गौरवमय कार्यक्रम नेपाल भ्रमण वर्षलाई नै विफल बनाउन केही शक्ति अनर्गल प्रचारप्रसारमा लागेको देखिन्छ, यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘फेक रेस्क्यु’ सन्दर्भमा सत्यतथ्य छानबिन गर्न एक कार्यदल गठन गरी छानबिन पश्चात प्रतिवेदन समेत बुझाइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x