लक्ष्मी बैंकको हाँडीगाउँ र पेप्सिकोलामा नयाँ शाखा

काठमाडौं, २१ माघ । लक्ष्मी बैंकले काठमाडौं उपत्यकाभित्र थप दुई शाखाको विस्तार गरेको छ। बैंकले काठमाडौंको हाँडिगाउँ र पेप्सिकोलामा नयाँशाखा संचालनमा ल्याएको हो ।

यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

हाल बैंकको ४६ जिल्लामा ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *