Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मुलुकमा धेरै समस्याहरुको समाधान भइसकेको अर्थमन्त्री खतिवडाको दाबी

मुलुकमा धेरै समस्याहरुको समाधान भइसकेको अर्थमन्त्री खतिवडाको दाबी

काठमाडौं, २ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा भएका धेरै समस्याहरुको समाधान सरकारले गरिसकेको दाबी गरेका छन् । बिहिबार नेपाल उद्योग परिसंघद्वारा आयोजित नेपाल उद्यमशिलता सम्मेलनमा मन्त्री खतिवडाले सरकारले समस्याग्रत सबै क्षेत्रहरुको सुधारका नीतिहरु निर्माण गरि लागु गरेको र केही नीतिहरु परिमार्जनको क्रममा रहेको बताए ।

मन्त्री खतिवडाले संघ, प्रदेश र स्थानीयतहका प्रतिनिधिहरु र सम्वन्धीत सबै सरोकारवालाहरुलाई मुलुकको समृद्धिका लागि आवश्यक पर्ने नीति नियम परिमार्जन गर्न सुझाव दिन आग्रह पनि गरे । अर्को प्रसंगमा उनले हाल बैंकिङ्ग क्षेत्र, उद्योग तथा लगानीका क्षेत्र र पुर्वाधार विकासका क्षेत्रमा सकारात्मक परिवर्तन भएको पनि उल्लेख गरे ।

कार्यक्रममा विभिन्न प्रदेशका मन्त्रीहरुले प्रदेशस्तरमा भएका समस्याहरुकोबारेमा जानकारी दिदै प्रदेश सरकारले प्राप्त गर्ने अधिकारका क्षेत्रहरु बढाउन आग्रह गरे । स्थानियस्तरमा नै प्रयाप्त स्रोत र साधनहरु हुदाँहुदै पनि त्यसको सदुपयोग गर्न कठिन भएको उनीहरुको भनाई छ ।

सम्मेलनमा विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४ सय बढी प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा विज्ञ तथा मन्त्रीहरु बिच औधोगिकरण, लगानी वृद्धि र उद्योगहरुको विकास र विस्तार सम्बन्धी छलफल जारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x