Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर

काठमाडौं, २४ मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउन शेयरधनीहरुलाई एक सय प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको गत शुक्रबार बसेको संचालक समितिको ३६२औं बैठकले शेयरधनीहरुलाई एक सय प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफा र रिजर्भमा रहेको पुँजीबाट शेयरधनीहरुलाई १ बराबर १ बोनस शेयर दिने भएको हो । बैंकले उक्त बोनस शेयरको वितरण पछि चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ पुर्याउने छ । बैंकको हाल चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x