राष्ट्र बैंकले १५ अर्व रुपैयाँ बजार पठाउने
काठमाडौं, ९ फागनु । नेपाल राष्ट्र बैंकले आज १५ अर्ब रुपैयाँको रिपो बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक हप्तामा परिपक्व हुने रिपो जारी गर्न लागेको हो।
यो रिपो फागुन १६ गते परिपक्क हुनेछ। बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । ती संस्थाहरुले अनलाईन विडिङ्ग मार्फत बोलकबोलमा सहभागिता जनाउन सक्ने जनाइएको छ।
रिपो बिहीबार नै अपराह्न ३ बजे बोलकबोल गरेर जारी हुने राष्ट्र बैंकले जनाएको छ । रिपोको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । यस्तै अधिक रकम भएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ ।