Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

फागुन १७ गते महिला उद्यमशिलता सम्मेलन हुने

फागुन १७ गते महिला उद्यमशिलता सम्मेलन हुने

काठमाडौं, ९ फागुन । फागुन १७ गते काठमाडौंमा महिला उद्यमशिलता सम्मेलन हुने भएको छ । नेपाल युवा उद्यमी मञ्च र अमेरिकी दुतावास अन्तर्गतको नेपाल–अमेरिका एलुम्नाई नेटवर्कले संयुक्त रुपमा सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनमा नेपालको कृषि, उत्पादनमूलक उद्योग, जलविद्युतलगायत उद्यमशिलताका विविध क्षेत्रहरुमा संलग्न महिला उद्यमीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

यसका साथै नेपालका महिला उद्यमीहरुको मेहनत, संघर्ष तथा सफलताको कथा पनि प्रस्तुत गरिने छ । आयोजकका अनुसार महिला उद्यमीहरुको वृहत्तर सञ्जाल र सम्पर्क निर्माण गर्न यस सम्मेलनले जोड दिनेछ । सम्मेलनका मुख्य अतिथिका रुपमा अर्थमन्त्री डा. युवाराज खतिवडा र गेष्ट अफ अनरको रुपमा नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरी उपस्थित हुने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x