खाद्य संस्थानको चामल किन्न गाउँपालिको सिफारिस
हुम्ला,१२ फागुन । हुम्लामा–नेपाल खाद्य संस्थानले उपलब्ध गराउने अनुदानको चामल किन्न सदरमुकाम सिमकोटमा व्यवसाय भएको भनि गाउपालिकले सिफारिस गर्नुपर्ने भएको छ । सदरमुकाम सिमकोटमा ब्यवसाय गर्दै आएको भन्ने सिमकोट गाउँपालिको सिफारिस देखाएर मात्रै खाद्यन्न कुपन पाउने व्यवस्था गरिएको छ ।
खाद्यन्न वितरण प्रणालीलाई न्यायोचित बनाउन र खाद्यन्न पाउनबाट कोही नछुटन र कोही नदोहोरिउन भन्ने उद्देश्यले यस्तो प्रयोजन खुलेको सिफारिस देखाएर मात्रै खाद्यन्न कार्ड पाउने गरिएको सिमिकोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण बोहराले जानकारी दिए। यो ब्यवस्था गरिएसँगै सदरमुकाम सिमकोट भन्दा बाहिरबाट आएर बसेका हरुलाइ भने समस्या परेको छ ।