Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

मन्त्री अधिकारीको निधनप्रति घरेलु तथा साना उद्योगहरुद्वारा दुख व्यक्त

मन्त्री अधिकारीको निधनप्रति घरेलु तथा साना उद्योगहरुद्वारा दुख व्यक्त

काठमाडौं, १६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द अधिकारी सहित सात जनाको हिजो हेलिकोप्टर दुर्घटनामा परि निधन भएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले दुख व्यक्त गरेको छ। मन्त्री अधिकारीको निधनबाट मुलुकले एउटा होनाहार युवा राजनीतिज्ञ गुमाएको महासंघले जारी शोक बक्तव्यमा उल्लेख छ ।

ताप्लेजुङमा हिजो भएको हेलिकोप्टर दुर्घटनमा परि मन्त्री अधिकारी सहित उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र श्रेष्ठ तथा निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर के.सी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x