वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने!

काठमाडौं,२१ फागुन । सरकारले आउँदो  वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालनको तयारी गरेको छ । यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन । रेल विभागका का अनुशार रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल संचालन हुने  छ ।

सरकारले चालू आर्थिक वर्ष २०७५/७६ कै लागि रेल किन्ने गरी बजेट नै विनियोजन गरेको रेल विभागका एक अधिकारीले बताए । जनकपुर–जयनगर खण्डमा कुँदाउन किन्न थालिएको रेलको लागि सरकारले जम्मा ५० करोड रुपैयाँको बजेट व्यवस्था गरेको थियो । यसमा पनि बजेटले ४६ करोड २५ लाख सरकारले व्यवस्था व्यवहोर्ने र बाँकी रकम ऋण खोज्ने गरी तय भएको थियो । आफ्नै ध्वाजाबाहक झण्डा सहितको रेल गुडाउन तयारीमा सरकार रहेको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *