Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल र भारतका अधिकारी पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययनमा

नेपाल र भारतका अधिकारी पानीजहाज सञ्चालनका लागि  सम्भाव्यता अध्ययनमा

काठमाडौं,२१ माघ । सरकारले नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावना अन्तर्गत गण्डक क्षेत्रको नवलपरासीमा सम्भाव्यता अध्ययन अगाडी बढाएको छ ।

मुख्य नदीमा पानि जहाज संचालनको तयारी अनुशार नै नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको  छ ।

अध्ययन अवलोकनपश्चात यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको नेपाली टोलीका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलवासे बताए ।  यहाँबाट भारतको गङ्गा नदी पुग्न करीब ३०० किलोमिटर र त्यसपछि गङ्गा नदीबाट समुद्र सतहसम्म पुग्न करीब ८४० किलोमिटर गरी यस क्षेत्रबाट कूल १ हजार १४० किलोमिटरको दूरीमा समुद्र सतह रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x