Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रिय वाणिज्य बैंकको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, ५ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा बैंकका अध्यक्ष महेन्द्रमान गुरुङले प्रतिवेदन प्रस्तुत गर्दैै राष्ट्रिय वाणिज्य बैंक विश्वसनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

अध्यक्ष गुरुङ्गले बैंकको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदन माथी सेयरधनिहरुले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए ।

बैंकको हाल ७७ जिल्लामा २ सय १७ वटा शाखा कार्यालय, १ सय ६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैmमास सम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैंया निक्षेप संकलन, १ खर्ब ३४ अर्ब रुपैंया कर्जा लगानी र २ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x