Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

खल्तीले सुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

खल्तीले सुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

काठमाडौं, ५ चैत । खल्ती डिजिटल वालेटले क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक सुरुवात गरेको छ । डिजिटल टिकेटिङबाट देशभरका सबै प्रकारका कार्यक्रम आयोजकले आफ्नो कार्यक्रम तथा इभेन्ट्सबारेमा खल्तीको टिकेटिङ प्रणालीमा जानकारी प्रशारण गर्न सक्नेछन् ।

कार्यक्रमका दर्शक तथा सहभागिहरुले पनि खल्ती एप तथा वेबसाइट मार्फत ती कार्यक्रमहरुको डिजिटल टिकट किन्न र अनलाइनबाटै पैसा भुक्तानी गर्न सक्ने खल्ती डिजिटल वालेटले जनाएको छ । डिजिटल प्रणालीमा आधारित उक्त टिकेटिङ र भुक्तानी सेवाले कार्यक्रम आयोजकका साथै दर्शक तथा सहभागीलाई सहजता प्रदान गर्ने खल्तीको भनाई छ ।

खेलकुद प्रतियोगिता, म्युजिक कन्सर्टका साथै अन्य थुप्रै प्रकारका कार्यक्रमको टिकट अब खल्तीको यस सिस्टममा उपलब्ध हुनेछन् । अनलाइन टिकेटिङ सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका निर्देशक अमित अग्रवालले कार्यक्रमका सहभागी तथा दर्शकले अब आफ्नो मोबाइलबाटै सहजपूर्ण तरिकाले टिकट बुक गर्न र पैसा भुक्तानी गर्न सक्ने जनाईएको छ ।

खल्तीले सञ्चालनमा ल्याएको सो सेवाले कार्यक्रम आयोजकको टिकट छपाई तथा वितरण गर्ने झन्झट केहि हदसम्म कम हुने अपेक्षा गरिएको छ । कार्यक्रमका दर्शकले पनि अनलाइन मार्फत टिकट किन्दा पैसा बचत गर्न सक्नेछन् । खल्ती मार्फत टिकट किन्दा प्रत्येक टिकटमा टिकटको मूल्यको ५० प्रतिशतसम्म क्यास ब्याकको व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x