Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

‘भिजिट नेपाल–२०२०’ को लागि ओयोको विशेष तयारी, १५ शहरमा सेवा संचालनको लक्ष्य

‘भिजिट नेपाल–२०२०’ को लागि ओयोको विशेष तयारी, १५ शहरमा सेवा संचालनको लक्ष्य

काठमाडौं, ५ चैत । ओयो होटल्स एन्ड होम्सले २०१९ भित्रै नेपालका विभिन्न १५ वटा शहरमा सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ । हाल ओयोले काठमाडौं, भक्तपुर र पोखरामा सेवा दिइरहेको छ। ।

ओयोले ‘भिजिट नेपाल–२०२०’ का लागि पनि विशेष तयारी गरिरहेको बताएको छ । ओयोले अहिले १ सय ५० भन्दा बढी होटलमा आधारभूत संरचनासहित सेवा रूपान्तरण गरिसकेको छ । दक्षिण एशियाका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले नेपाल र भारतमा यसको सेवा क्षमता वृद्धि, विस्तार गर्न थप १४ सय करोड भारतीय रुपैया खर्च गरेको बताएका छन् । उनले टेक्नोलोजी लिड मोडलबाट ओयोले १४ दिनभित्र होटल ओयोको सेवामा रूपान्तरण गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *