लगानी निर्देशिकाले बीमा कम्पनीहरुको आम्दानी बढाउछ : चापागाई
बीमा समितिले बीमा कम्पनीहरुको लगानीको दायरा फराकिलो बनाउन लगानी निर्देशिका २०७५ जारी गरेको छ । समितिद्वारा जारी लगानी निर्देशिकामा के–के नयाँ व्यवस्था छ, यसबाट बीमा कम्पनीहरुलाई के फाइदा पुग्छ लगायत बिषयमा अर्थको अर्थले बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईसँग गरेको कुराकानीको सारांश :
लगानी सम्बन्धि निर्देशिका २०७५ जारी गर्नुको उद्धेश्य के हो ?
बिगतमा हामीले बीमा कम्पनीहरुलाई लगानीका क्षेत्रहरु तोकिदिएका थियौ । त्यसले के भयो भने लगानीका क्षेत्रहरु सिमित भयो । जसको कारणले बीमा कम्पनीहरुले आफ्नो लगानीयोग्य रकमलाई विभिन्न बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेममा राख्नु देखि बाहेक अरु बिकल्प रहेन । सो कारण बीमा कम्पनीहरुको आम्दानी भनेको बैंक वित्तिय संस्थाको ब्याँजमा निर्भर भयो । यसले कम्पनीसँगै बीमितिलाई पनि प्रभाव पारेको थियो ।
अर्को हाम्रो वित्तिय सुधार रणनितिमा बीमा कम्पनीहरु निकट भविष्यमा जोखिममा आधारित पुँजीमा जानु पर्ने व्यवस्था गरिएको छ । त्यसले हामीले दुवै समस्याको समाधान गर्ने गरि नयाँ लगानी निर्देशिका जारी गरेका छौं । यसको मुख्य उदेश्य के छ भने बीमा कम्पनीहरुले नियमक निकायले एउटा सल्भेन्सिी मार्जिन (सम्पती र दायित्व व्यवस्थापन) अन्तरगत रहेर तोकिएको क्षेत्रमा लगानी गर्न पाउने हो । उदाहरणका लागी बीमा कम्पनीहरुले १ रुपैयाँको दायित्व बहन गर्छ भने १ रुपैयाँ ५० पैसा सम्मको सम्पती हुनै पर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । त्यसलाई सलभेन्सि १ भन्छ । त्यही सलभेन्सि १ अन्तर्गत रहेर १ रुपैयाँ ५० पैसा सम्पतीको १ रुपैया दायित्वमा चाँही बीमा समितिले नियमन गर्छ भने त्यो भन्दा माथीको माथिको सम्पती उनीहरुसँग छ । उनीहरु आफैले लगानी गर्ने पाउछन् । त्यो नै जोखिममा आधारित सलभेन्सि १ अनुपात हो । त्यसलाई कायम गर्न, बीमा कम्पनीहरुलाई लगानीको क्षेत्र बिस्तार गर्न जस्ता केही नयाँ व्यवस्थाहरु सहित यो निर्देशिका जारी गरिएको हो ।
थप नयाँ चाही केके छन् ?
बिगतमा बीमा कम्पनीहरुले ९० प्रतिशत भन्दा बढी लगानी बैंक वित्तिय संस्थाहरुको मुद्धती निक्षेपमा गर्नु पर्ने थियो । अहिले हामीले न्युनतम ४० प्रतिशत मात्र मुद्धती निक्षेपमा लगानी गर्नु पर्ने, ५ प्रतिशत नेपाल सरकारको बिकास ऋणपत्र र टे«जरी बिलमा लगानी गर्नु पर्ने र बाँकी रहेको सम्पतीमा हामीले केही सिमा तोकिदिएका छौं । त्यो सिमा भित्रको सम्पती चाँही सल्भेन्सि मार्जिन गणना गर्नका लागि गणना गर्ने सम्पती हामीले गणना गर्दिन्छौं ।
अव बीमा कम्पनीहरुले लगानी गर्न पाउने क्षेत्र चाही कुन–कुन हुन ?
हामीले अहिले खुल्ला गरेको क्षेत्र भनेको घर जग्गाको क्षेत्र, बैंक तथा वित्तिय संसथाहरुले जारी गर्ने ऋणपत्र तथा पुँजी बजारको क्षेत्र, पुर्वाधार, कृषि, पर्यटन र जलस्रोत लगायत हो । जसमा चाँही बीमा कम्पनीहरुले पुँजी र ऋण दुवैको माध्यमबाट लगानी गर्न पाउछन् । ती क्षेत्रहरुमा निश्चित सीमा सम्मकोलाई हामीले सलभेन्सिल गणना प्रयोजनका लागि सम्पती मान्छौ । त्यही अनुसारको सम्पती राख्नु नै पर्छ । यो भन्दा माथीको सम्पती चाँहि बीमा कम्पनीहरु आफैले लगानी गर्न सक्नेछन् । यो तोकिएका ४÷५ वटा क्षेत्रमा हामीले पहिलेको भन्दा उदार नीति लिएका हौं ।
उसो भए कम्पनीहरुले कति सम्म लगानी गर्न पाउछन् अझ प्रष्ट पार्दिनुस्न ?
यसमा बीमा कम्पनीहरुलाई छुट्टा–छुट्टै सीमा निर्धारण गरिएको छ । कम्पनीहरुले कुल टेक्निकल रिजर्भकोे ५ प्रतिशतसम्म घरजग्गा व्यवसायमा, बैंक तथा वित्तिय संस्थाको सेयर वा ऋणपत्रमा २० प्रतिशत र सेयरमा १० प्रतिशतसम्म, पव्लिक कम्पनीहरुको साधारण सेयरमा १० प्रतिशत सम्म, लगानी गर्न पाउछन् । यस्तै कृषि, पर्यटन, जलस्रोत लगायतका पूर्वाधारमा ऋण वा पुँजीका रुपमा २० प्रतिशतसम्म, नागरिक लगानी कोष वा म्युचुअल फण्डहरुमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेका छौ । र, सो तोकिएको दायरा भन्दा बढी बीमा कम्पनीहरुले लगानी गर्छन भने बीमा समितिको स्वीकृती लिनु पर्ने हुन्छ । हामीले तोकिदिएका दायरा भन्दा तल लगानी गर्दा भने कम्पनीहरुले समितिको स्वीकृती लिनु पर्दैन् ।
बीमा समितिको यो निर्देशिकाले बीमा क्षेत्रमा कस्तो प्रभाव पर्छ भन्ने अपेक्षा राख्नु भएको छ ?
बीमा समितिले संकुचित, साँधुरो बीमा नीति लिएर आम्दानीको क्षेत्रमा लगानी गर्ने पाएनौं भन्ने आरोप बीमा कम्पनीहरुले थियो । अव त्यसको खण्डन हुन्छ । बिषेश गरि जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई च्यालेन्जिङ्गको बिषय भएको छ । किन भने हामीले त अब हाम्रो नियमकको क्षेत्रको सम्पती मात्र हामीले हे¥छौं त्यो भन्दा माथि लगानीको व्यवस्थापन उनीहरु आफैले गर्नु पर्ने हुन्छ । अब उहाँहरुले तोकिएको दायरामा लगानी गर्न सक्नु भयो भने आम्दानी पनि राम्रो गर्न सक्नु हुन्छ र प्रतिफल पनि राम्रो दिन सक्नु हुन्छ । साथै सरकारलाई कर र बिमितलाई राम्रो बोनश दिन सक्नुहुन्छ । त्यसकारण अब उनीहरुको क्षमता प्रर्दशनीको मापन हुन्छ ।
निर्देशिका प्रति बीमा कम्पनीहरु कत्तिको उत्साहित भएको पाउनु भएको छ ?
हामीले यो निर्देशिका जारी गर्ने क्रममा सम्पुर्ण बीमा कम्पनीहरुका प्रमुख कार्यकारीहरुलाई छुट्टा छुट्टै भेला गरायौ । उहाँहरुलाई यो बारेमा जानकारी गराई त्यसको प्रतिकृया पनि लियौ । सबै जनाले यसमा खुसी भएर नै स्वागत गर्नु भएको भएर निर्देशिका जारी गरेका हो । यो सबैको लाग राम्रो कुरा पनि हो । किन भने बीमा कम्पनीहरुले गाउँगाउँबाट संकलन गरेर ल्याएको बचतलाई बैंकहरुमा नै राख्नु पर्ने जुन बाध्यता थियो त्यसलाई अन्त्य गरेर उत्पादनशील क्षेत्रहरु, पुर्वाधारका क्षेत्रहरु र अन्य क्षेत्रहरुमा लगानी गर्न पाउनु भनेको ठुलो कुरा हो । त्यसले उहाँहरु सबै खुसी हुनुन्छ ।
वित्तिय क्षेत्रमा बैंक र बीमा एउटै जस्तो भएता पनि तुलनात्मक रुपमा बीमा क्षेत्रको बिकास बैंकिङ्ग क्षेत्रको जस्तो छैन् । यो लगानी निर्देशिकाले बीमा क्षेत्रको बिकासमा सघाउ पुर्याउ छ भन्ने तपाईको विचार हो ?
वित्तिय क्षेत्रको दुई वटा स्तम्भ भनेको बैंक र बीमा हो । बैंकिङ्ग क्षेत्र पहिले नै विकास भएको कारणले गर्दा उनीहरु विकास भैसकेको अबस्थामा छन् भने बीमा क्षेत्र भनेको विकास तर्फ उन्मुख हुने अबस्थामा छ । संसारमा बैंक र बीमा क्षेत्र दुबैको विकास गरि वित्तिय क्षेत्रको विकास गरिएको छ । आगामी दिनमा हामीले पनि वित्तिय क्षेत्रमा बीमालाई प्रतिस्पर्धी बनाउन र बैंकिङ्ग क्षेत्रसंग प्रतिस्पर्धा गर्न सक्षम बनाउन यो लगानी निर्देशिकाले ठुलो सहयोग गर्छ । अब बीमा क्षेत्र क्षेत्रहरु जस्तै प्रतिस्प्रर्धी हुन्छन् र उनीहरुको तीब्र बिकास हुन्छ भन्ने हामीले अपेक्षा राखेका छौं ।
बीमा क्षेत्रको बिकासका थप नयाँ केही गर्दै हुनुहुन्छ की ?
हामीले बीमा क्षेत्रको विकासका लागी बीमा अन्य क्षेत्रसंग र आर्फै प्रतिस्पर्धी बनाउनका लागि क्रमिक रुपमा सुधारका नीति निर्देशिकाहरु निमार्ण र संशोधन गरि जारी गरेका छौ । यसैक्रममा हामीले लगानी निर्देशिका जारी ग¥यौ । त्यो भन्दा अगाडी हामीले स्थापना सम्बन्धी निर्देशिका बनायौ, सुशासन निर्देशिकालाई आधुनिकरण गरियो । सिइयोको तलब क्षमता प्रर्दशनीको आधारमा निर्धारण गर्ने भन्ने निर्देशिका जारी गरियो । एकिकृत सम्पती बीमा निर्देशिका जारी ग¥यौ, बीमा पुलको व्यवस्था गरियो समय अनुसार बीमा क्षेत्रको बिकासका नयाँ व्यवस्थाहरु गर्दै आएका छौं ।
हामीले जारी गरेको लगानी निर्देशिकाले आगामी दिनमा मुख्य बाटो भनेको जोखिममा आधारित पुँजी हो । हामीले १.५ प्रतिशत सल्भेन्सि मार्जिन जुन तोकिदिएका छौं, बीमा कम्पनीहरुले त्यो मार्जिन कायम गर्न सक्यो भने विजनेस गर्न सक्छ । त्यो कायम गर्न सकेन भने त्यसले नयाँ विजनेस गर्ने पाउदैन । नयाँ शाखा खोल्ने लगायत सम्पुर्ण व्यवसाय नै बन्द हुन्छ । त्यस यस प्रकारको नीति अब हामी लिन्छौ । यो किन त भन्दा बित्तिय क्षेत्रमा बीमा क्षेत्रलाई प्रतिस्पर्धी बनाइ यसको बिकास गर्नका लागि नै हो । हामी नियमक निकाय यत्तिकै सुतेर बसेका भने छैनौ । बजारलाई सुहाउदो विभिन्न नीति, निर्देशनहरु निर्माण र परिमार्जन गदैछौ ।
जस अन्तर्गत बीमांकी नभै नहुने मृत्युदर तालिकालाई परिमार्जन गर्दैछौ भने अर्का तिर त्यही सल्भेन्सि मार्जिन अनुपातलाई पनि परिमार्जन गदैछौं । यसका साथै बीमाकहरुको कर्मचारीको मार्गदर्शन बनाउदै छौं । एनएफआरएस प्रणाली लागु ग¥यो साथै अन्य थप कुराहरु हामी क्रमिक रुपमा गर्दै जान्छौ ।