सुदुरपश्चिमको अत्तरियामा ग्लोवल आइएमई बैंकको शाखा संचालनमा

काठमाडौं, ८ चैत । सुदुर पश्चिम प्रदेशको अस्थाई राजधानी गोदावरि नगरपालिका २ अत्तरियामा ग्लोवल आइएमई बैंकले शाखा कार्यालय स्थापना गरेको छ। बैंकले १ सय ३४ औं उक्त शाखाको सांसद एबम नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले उदघाटन गरे ।

कार्यक्रममा भट्टले अत्तरियामा बैंकहरुको संख्या बढ्नु सुखद रहेको बताए । उनले बैंकहरुले शाखा खोल्ने कार्य संगै यस क्षेत्रमा रोजगारी पनि दिनु पर्नेमा जोड दिए ।

त्यस्तै, बैंकका अध्यक्ष चन्द्र ढकालले शाखा बस्तार संगै यस क्षेत्रमा बैंकले लगानी बढाउने बताए । तरलता अभावको कारणले ब्याजदर बृद्धिको समस्या देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *