Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

गोर्खाज फाइनान्सको ब्राण्ड एम्बास्डरमा मेलिना राई नियुक्त

गोर्खाज फाइनान्सको ब्राण्ड एम्बास्डरमा मेलिना राई नियुक्त

काठमाडौं, ८ चैत । गोर्खाज फाइनान्स लिमिटेडको ब्राण्ड एम्बास्डरमा गायिका मेलिना राई नियुक्त भएकी छिन् । फाइनान्सले नेपाली संगित क्षेत्रका गायिका राईलाई आज एक कार्यक्रमकाबीच संस्थाको ब्राण्ड एम्बास्डरमा नियुक्त गर्ने सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेकी छिन् । गायिका राईले अब एक वर्षसम्म संस्थालाई एम्बास्डरको रुपमा सहयोग गर्ने छिन् ।

राष्ट्रिय स्तरको यस संस्थाको चुक्ता पुँजी ८७ करोड रुपैयाँ रहेको छ । गत दोश्रो त्रैमासिकको वित्तीय विवरण अनुसार यस संस्था सबैभन्दा बढी चुक्ता पुँजी र नाफा कमाउनेमा फाइनान्स संस्थाहरु मध्ये दोश्रो हुन सफल रहेको संस्थाले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x