Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

यस्ताे छ लगानी सम्मेलनकाे तयारी, ३३ खर्बको लगानी परियोजना तयार

यस्ताे छ लगानी सम्मेलनकाे तयारी, ३३ खर्बको लगानी परियोजना तयार

काठमाडाै,१० चैत । आगामी १५ र १६ चैतमा हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि लगानी बोर्डले करिब ३३ खर्ब रुपैयाँबराबरको लगानी परियोजना तयार पारेको छ । सम्मेलनमा ३८ वटा मुलुकबाट ६५० जना लगानी कर्ताले सहभागिता रहने छ । लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ । लगानी सम्मेलनमा प्रस्तुत गरिने ३३ अर्बको लगानी परियोजना मध्ये सरकारका तर्फबाट करिब ३१ खर्ब रुपैयाँबराबरको र निजी क्षेत्रका तर्फबाट करिब २ खर्ब रुपैयाँ बराबरको लगानी परियोजना तयार पारिएको छ ।

लगानी बोर्ड नेपालका प्रवक्ता बलराम केसीका अनुशार सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका मन्त्री तथा सरकारी प्रतिनिधि, लगानीकर्ता एवं दातृ निकायका प्रतिनिधिसमेत गरी कुल ६५० जनाको सहभागिता रहने छ  । लगानीकर्ता सहभागी हुनेमा सबैभन्दा धेरै चीन र भारतको  लगानी कर्ता रहने अनुमान गरिएको छ ।  चीनबाट ३ सयभन्दा बढी र भारतबाट २ सयभन्दा बढी ठूला लगानीकर्ता सहभागिताका बताइएको छ ।  सम्मेलनमा भाग लिन म्यानमारका अर्थमन्त्री आउने निश्चित भइसकेको छ ।त्यस्तै, विश्व बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकलगायत दातृ निकाय उच्च पदाधिकारीसमेत आउने उनले बताए । सरकारी तर्फबाट ५० वटा र निजी क्षेत्रले तयार पारेका सम्भावित २१ वटाबाट गरी कुल ७१ परियोजना छनोटमा राखिको छ ।

पहिलो दिनको उद्घाटन सत्रपछिको सोही दिन हुने प्लेनरी सत्रमा तीन जना वक्ता रहेका छन् । जसको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने बताइएको छ । यसैगरी, अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको प्रस्तुति रहने छ ।  सोही दिन आर्थिक रूपान्तरणका लागि ऊर्जा उत्पादन नाम दिइएको सो सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सभाको अध्यक्षता गर्नेछन् । यसैगरी, सूचना तथा सञ्चार प्रविधिलाई छुट्टै शत्रमा राखिएको छ । यस सत्रमा डिजिटल अर्थतन्त्रका विषयमा छलफल हुनेछ । यसको अध्यक्षता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गर्नेछन् । यस्तै  कृषि उद्योग लगायत जुन मन्त्रालयसँग सम्वन्धित छलफल रहने छ सोही छलफलको अध्यक्षता सम्वन्धित मन्त्रीले गर्ने  गरी कार्यक्रम तय भएको छ । समापन सत्रको दिन अन्तर्राष्टिय अनुभव आदान प्रदान गरिने कार्यक्रम छ ।जशमा देेशि वेदेशि उद्यमीहरूले आफ्नो अनुभव बाढने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x