कोरियन भाषा परिक्षाका लागि तीन दिनमा ६२ हजार बढीको आवेदन

काठमाडौं,  १० चैत ।  रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि सनिवार वेलुका सम्म करिव ६२ हजारको आवेदन परेको छ ।  शनिबार साँझसम्म ६१ हजार ९७८ जनाले आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ ।

 भाषा परीक्षाका लागि बिहीबार राति १२ बजेदेखि आवेदन फारम भर्न खुला गरिएको थियो । यही चैत १७ गतेसम्म भाषा परीक्षामा सहभागी हुन आवेदन दिन सकिनेछ ।  कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ भने आगामी असार १३ गते नतिजा प्रकाशन गरिने इपिएस कोरिया शाखाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *