नेपाल लाइफले ल्यायो ५० लाखसम्मको ‘घातक रोग सुविधा योजना’

काठमाडौं, ११ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘घातक रोग सुविधा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमकाबीच ५० लाख रुपैयाँसम्मको जोखीम वहन हुने बीमा योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत क्यान्सर, अन्तिम चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको÷डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ ।

यस योजनामा सहभागी हुन नियमित बीमाशुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ । हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न यो योजनाले सेवाग्राहीहरूलाई ठूलो सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बीमा अवधिमा तोकिएका घातक रोग लागेमा बीमाले जोखिम बहन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पँुजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बिमा कोष ५९.४९ अर्ब रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *