घोराही र वर्दियामा मुक्तिनाथ विकास बैंकका शाखा विस्तार


काठमाडौं, ११ चैत । मुक्तिनाथ विकास बैंकले दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले दाङको घोराही र वर्दियाको गुलरीयामा आफ्ना शाखा कार्यालयहरु विस्तार गरेको हो । घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे भने गुलरीया शाखाको उद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेका छन् ।

स्थानीय तहमा बैंकका शाखा स्थापना भएसँगै अब मुक्तिनाथ बैंकले दिने सम्पूर्ण सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हाल बैंकले देशैभरी आफ्ना १ सय १४ वटा शाखा, २२ वटा ए.टि.एम.बाट सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *