Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट बीच वित्तीय साक्षरता सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट बीच वित्तीय साक्षरता सम्झौता

काठमाडौं,११ चैत ।  राष्ट्रिय वाणिज्य बैंक लि र नेशनल बैंकिग ईन्स्टिच्यूट बीच वित्तीय साक्षरता कार्यक्रम सचालन सम्वन्धमा सम्झौता भएको छ । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र लदष्को तर्फबाट प्रमुखकार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता एन वि आइ  बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना  र सुविधाहरु बारे राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना  सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई मोवाइल एप्सबारे  ज्ञान दिलाई  आ –आफ्नो ग्राहक माँझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । साथै बैंकले एप्स मार्फत समाजका विभिन्नवर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । यदि आवश्यकभएमा लदष्ले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरि दिनेछ ।

समझदारी बाट  व्यवसाय सन्चालनबारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने र वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ भन्ने विश्वास गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x