Date

मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

गल्छी–त्रिशूली सडक खण्ड आज देखि दैनिक आठ घण्टा बन्द गरेर काम गरिदै

गल्छी–त्रिशूली सडक खण्ड आज देखि दैनिक आठ घण्टा बन्द गरेर काम गरिदै

काठमाडौं, १ पुष । गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिन आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आज बसेको सरोकार सम्मिलित बैठकले उक्त सडक तीन महिनाका लागि आंशिक बन्द गरी निर्माण कार्यलाई तीब्रता दिने निर्णय गरेको हो ।

सो निर्णय अनुसार आज देखि फागुन मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपराह्न ४ बजेसम्म पीपलटारदेखि गल्छीसम्म बाटो पूर्णरुपमा बन्द हुने छ ।

योजनाको निर्माण अपेक्षित रुपमा अघि बढ्न नसकेको र अहिले अप्ठ्यारा भीर काट्ने कामको शुरुआत हुन लागेकाले सडक बन्द गरिएको जनाएको छ । धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्म ८२ किमी सडकमध्ये ४६ किमी क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको छ । रु नौ अर्ब लगानी रहेको योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *