Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सबै नेपालीको बैंक खाता खोल्ने अभियानलाई सघाउ एनआईसी एशिया बैंकको नयाँ योजना

सबै नेपालीको बैंक खाता खोल्ने अभियानलाई सघाउ एनआईसी एशिया बैंकको नयाँ योजना

काठमाडौं, २९ चैत । समृद्धसँग जोडौ नाता : सबै नेपालीको बैंक खाता भन्ने नारा सहित नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले सुरु गरेको खोलौ बैंक खाता अभियानलाई एनआएसी एशिया बैंकले साथ दिने भएको छ। त्यसका लागि बैंकले बैशाख १ गते देखि “समृद्ध नेपाल सुखी नेपाली बचत खाता” संचालन गर्ने छ।

उक्त बचत खाता खोल्नेलाई बैंकले १ सय रुपैयाँ खातामा जम्मा गरिदिने छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान सुरु गरेको जनाइएको छ। हाल बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत करिब १५ लाख ग्राहकलाई सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x