Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सरकारको नीति, नियम सबै उद्योग व्यवसायीले मान्नुपर्छ : अर्थमन्त्री खतिवडा

सरकारको नीति, नियम सबै उद्योग व्यवसायीले मान्नुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, २९ चैत । अर्थमन्त्री डा.युवराज खतिवडाले राज्यको कानुन सबै उद्योगी व्यवसायीहरुले मान्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभाको दोस्रो दिन (आज) उनले कानुनमा त्रृटी भए संशोधन गर्न सरकार तयार रहेको भन्दै यस्तो बताएका हुन ।
व्यवसाय गर्न बाधक ऐनहरु संशोधन गर्न सरकार तयार रहेको भन्दै उनले सुझाव पेश गर्न आग्रह पनि गरे । त्यस्तै उद्योगी व्यवसायीहरुले नियम विपरित कर छली गर्ने गरेकोले त्यस्ता कुराहरुमा सरकार लागिपरेको पनि उनले बताए । कर तिर्नु पर्ने सबै नागरिकको कर्तव्य भएकोले त्यसमा सबैले गर्व गर्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा उद्योग, बाािण्ज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले सरकार कुनै पनि हालतमा उद्योग व्यवसायीलाई दुःख दिएर अगाडी बढ्न नचाहेको बताए । तर, उद्योग व्यवसायीहरुले मजदुरी गर्नेहरुलाई पेलेर काम लगाउने र मजदुरका नेतालाई पोस्ने प्रबृत्तिको अन्त्य हुनु पर्नेमा जोड दिए । मजदुरी गरेर खानेलाई उद्योगीहरुले मर्कामा पारेको हेरेर सरकार नबस्ने पनि उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x